जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा आगो ताप्ने क्रममा आगो शरीरमा सल्केर एक जनाको मृत्यु


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ ।

तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो ।

चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेर ज्यान गएको प्रहरीले जनाएको छ ।

रोकायको शरीरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । रोकायको उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस