२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले समूहको कमजोर मानिएको फिलिपिन्ससँग विश्वकप छनोट आज खेल्दै

अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिवार (आज)नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ।

समूहको पहिलो खेल खेल्दै शुक्रवार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेल खेल्न लागेको हो। फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको फराकिलो हार व्यहोरेको थियो।

नेपाली समय अनुसार ११ :४५ मा सुरु हुने खेल ओमानको अलअमिरात क्रिकेट मैदानमा हुनेछ।

समूहको बलियो टिम ओमानलाई हराएको नेपाल आत्मविश्वासी भएर मैदान छिर्ने छ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यान्ड र युएई रहेका छन्।

समूह १ र  २ का शीर्ष २–२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ। त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

नेपालले अर्को खेल क्यानडांसंग फागुन ९ खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस