युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र मन्त्रालय


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

रुस र युक्रेनबीचको तनावबाट सिर्जित परिस्थितिलाई नजिकबाट नियालिरहेको समेत मन्त्रालयले जनाएको छ ।

युक्रेन नियोग हेर्ने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले मन्त्रालयको युरोप-अमेरिका हेर्ने महाशाखालाई युक्रेन सङ्कटबारे ब्रिफिङ गरेका छन् ।

तत्कालै उद्धार गर्नुपर्ने र सहायता उपलब्ध गराउनुपर्ने अवस्था नरहेको भन्दै खड्काले ब्रिफिङ गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘अहिलेसम्म नेपालीहरु दूतावासमा सहयोग चाहियो भनेर आएका छैनन् र हामी पनि एनआरएनए लगायतका संस्थासँगको सम्पर्कमा छौँ’ राजदूत खड्काले गरेको ब्रिफिङबारे मन्त्रालयका एक अधिकारीले भने ।

परराष्ट्रको तथ्यांकअनुसार अहिले युक्रेनमा झन्डै एक सय जना नेपाली रहेका छन् जसमध्ये ३० जना व्यापारमा संलग्न छन् । अन्य भने युक्रेन हुँदै युरोप छिर्ने उद्देश्यले त्यहाँ पुगेका नेपालीहरु छन् ।

रुसले युक्रेन सीमामा डेढ लाख संख्यामा सैनिक र भारी ट्याङ्कहरू खडा गरेपछि रुस र पश्चिमा मुलुकको सम्बन्धमा तनाव सिर्जना भएको छ । अमेरिकासहितको नेटो गठबन्धनले रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना अझै उच्च रहेको समेत बताइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस