त्रिविको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रदर्शन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

त्रिविको तालाबन्दी विरुद्ध प्राध्यापकको प्रदर्शन


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भइरहेको तालाबन्दीको विरुद्ध आज (बिहीबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको अगुवाइमा उपकुलपति कार्यालय परिसरमा प्रदर्शन गरिएको हो ।

तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग रहेको छ ।

यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिस्ट्रार, रेक्टर, सेवा आयोग कार्यालयमा सत्तारुढ नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले तालाबन्दी गरेका हुन् ।

नेविसंघले जनकपुरको यूथ क्याम्पसको सम्बन्धन खारेजीमा घुस मागिएको विषयमा छानबिन हुनुपर्ने माग राखेर तालाबन्दी गरेको हो । तर नेविसंघको तालाबन्दीले छानबिन समेत प्रभावित भएको छ ।

त्यस्तै, आंशिक प्राध्यापकले करारमा र करारका प्राध्यापकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने माग राखेका छन् ।
पटक-पटकको तालाबन्दीले विश्वविद्यालयको शैक्षिक, भौतिक लगायतका योजना प्रभावित भएको भन्दै विश्वविद्यालयलाई पनि खुलाउन सार्वजनिक अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस