काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) सेयर कारोबार रकममा भारी कमी आएको छ ।
यसअघि हिजो (बुधबार) ३ अर्ब २ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बिहीबार २९ प्रतिशतले घटेर २ अर्ब २७ करोडमा खुम्चिएको छ ।
बजारको परिसूचक नेप्से पनि १. ९३ अङ्कले घटेर २७३२ अङ्कमा कायम भएको छ ।
बैङ्किङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, फाइनान्स १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४ र जीवन बीमा उपसमूह ६३.७४ अङ्कले घटे । अन्य ५.१२, उत्पादन ०.११, जलविद्युत २.५९ र व्यापार उपसमूह १२.३३ अङ्कले बढे ।
कुल ६८ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ११ को स्थिर रह्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ६.४ तथा युनाइटेड इदीमर्दीको ६.३ प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोको मूल्य ४ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, अरुणभ्याली हाइड्रो र नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।