इनारमा खसेर १३ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इनारमा खसेर १३ जनाको मृत्यु


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ। भारतमा एउटा विवाह समारोहमा अकस्मात् एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो घटना भएको बिबिसीले जनाएको छ ।

अधिकारीहरूका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरूको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकालाई उद्धार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरूलाई तत्काल मृत घोषणा गरेको थियो । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका जिल्ला मजिस्ट्रेट एस राजालिंगमले पुष्टि गरेका छन् ।

करिब १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई ह्दयबिदारक भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई–दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने पीडितलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस