देउवा र प्रचण्डबिच भेटवार्ता, गठबन्धनको बैठक सारियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देउवा र प्रचण्डबिच भेटवार्ता, गठबन्धनको बैठक सारियो


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबिच छलफल भएको हो ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

काँग्रेस सभापति समेत रहेका देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने धम्की दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस