१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत् आयोजना: ‘सुक्खायाममा विद्युत् आपूर्तिमा सहज’

अ+ अ-

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ ।

विशेषगरी सुक्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनुका साथै स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाका लागि सेतीनदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्किट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

जलाशययुक्त यस आयोजना बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिन्छ । आन्तरिक उत्पादनबाट हिउँदको विद्युत् अभाव हटाउन र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाको जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । उनले भने, ‘आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगसम्म करिब १८ किलोमिटरसम्म फैलनेछ ।’

सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरिनेछ ।

विद्युत्गृहमा ७०/७० मेगावाटका दुई वटा फ्रान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने उनले बताए ।

उनका अनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सबस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ ।

आयोजना जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र बन्दीपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दा प्रभावित हुनेछन् ।

निजी जग्गाधनीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस