२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसी संसदबाट पारित हुन्छ : नेता निधि

अ+ अ-

जनकपुर । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसदबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’

एमसिसी पारित नभए देशको विश्वसनीयता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

एमसिसी बिजुलीको प्रसारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दै उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए ।

लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्दै नेता निधिले एमसिसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरे ।

पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस