नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने


४ फाल्गुन २०७८, बुधबार


नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली जाने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने जनाइएको छ ।

खोप नलगाएका व्यक्तिले भने अनिवार्य पीसीआर रिपोर्ट पेस गर्नुपर्ने छ ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो ।

दिल्ली जाने यात्रुले यात्रापूर्व हवाई सुविधा फर्म भने भर्नुपर्ने जनाइएको छ । यसअघि नेपालबाट दिल्ली जाने यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य थियो । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्ने व्यवस्था छ ।

५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस