बुटवलमा विप्लव समूहका ९ जना पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बुटवलमा विप्लव समूहका ९ जना पक्राउ


४ फाल्गुन २०७८, बुधबार


बुटवल । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् ।

प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो ।

प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस