प्रधानमन्त्रीको चिकित्सकमा डा. शैल रुपाखेती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको चिकित्सकमा डा. शैल रुपाखेती


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा. शैल रुपाखेतीलाई जिम्मेवारी दिएको छ ।

गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्टार अस्पतालका कार्यकारी निर्देशक रहेका डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित मन्त्रिपरिषद् चिकित्सकमा जिम्मेवारी दिएको हो ।

डा. रुपाखेतीलाई प्रधानमन्त्री कार्यालयले गत आइतबार नियुक्तिको पत्र दिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस