माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख सचेतक देव गुरुङले भोलि (बुधबार) बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसिसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको बैठक पनि भोलि नै बस्दै छ । माओवादीले यथास्थितिमा एससिसी पारित गर्न नहुने बताइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस