भारतमा घट्न थाल्यो कोरोना सङ्क्रमितको संख्या « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतमा घट्न थाल्यो कोरोना सङ्क्रमितको संख्या


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या घट्न थालेको छ । त्यहाँ ४४ दिनपछि दैनिक सङ्क्रमितको संख्या ३० हजारमुनि झरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको संख्या निरन्तर घट्न थालेपछि कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टसँगै सुरु भएको तेस्रो लहर साम्य हुने दिशातर्फ लागेको देखिन्छ । भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा एकैदिन ३ लाख ४७ हजार २५४ नयाँ सङ्क्रमित थपिएका थिए ।

तर पछिल्ला ९ दिनयता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दैनिक संख्या एक लाखभन्दा मुनि झरेको छ । पछिल्लो २४ घण्टामा भारतभर २७ हजार ४०९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जुन संख्या सोमबारको तुलनामा ६ हजार ७०४ ले कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना सङ्क्रमितले ज्यान गुमाएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म भारतमा कोभिड-१९ बाट ५ लाख ९ हजार ३५८ जनाले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस