२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल

अ+ अ-

बलेवा । निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।

सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो ।

बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठुला सवारी साधनको पार्क व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

बसपार्कको सञ्चालन र नगरभित्र सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि तयार गर्ने भएको छ । कार्यविधि तयार गर्नु पूर्व आवश्यक राय दिनका लागि ‘नगरको समग्र यातायात व्यवस्थापन सुझाव कार्यदल’समेत बनाइएको छ ।

बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माको संयोजकत्वमा प्रशासनका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुई जना जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बसपार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधिसहितको कार्यदल बनेको संयोजक मनोज शर्माले जानकारी दिए ।

कार्यदलले जतिसक्दो छिटो बसपार्क सञ्चालन र यातायात व्यवस्थापनका विषयमा छलफल गरेर नगरको विधायन समितिलाई सुझाव दिनेछ । सोही आधारमा बनेको कार्यविधि कार्यान्वयनमा आउने नगरप्रमुख जनकराज पौडेलले बताए ।

नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन छ ।

पहुँच मार्ग र जग्गाको व्यवस्थापनलाई समेत अघि बढाउन नगरले काम थालेको हो । कार्यविधि तयार भएमा ठुला सवारी आधुनिक बसपार्क र साना सवारी साधन चिप्लेटी बसपार्कमा व्यवस्थापन गर्ने नगरले जनाएको छ ।

रु सात करोड ६६ लाख ९९ हजारको लागतमा बसपार्क तयार भएको हो । बसपार्क क्षेत्रमा टर्मिनल, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज र फूलबारी निर्माण भएका छन् ।

नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस