काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको बताएका छन् ।
काँग्रेस संसदीय दलको बैठकबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमहामन्त्री कोइरालाले एमसीसी पारित गर्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, ‘एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा। रामशरण महतले सबैलाई जानकारी गराउनुभएको छ । सम्भवतः भोलीको संसद बैठकमा एमसीसी पेश गर्नेगरी तयारी हुँदैछ ।’
उनले काँग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको भन्दै एमसीसी लागू भएका कुनैपनि देशमा अमेरिकी सेना प्रवेश नगरेको बताए ।