सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी छ: मन्त्री झाँक्री « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी छ: मन्त्री झाँक्री


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताएकी छन् ।

नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताइन् ।

मन्त्रालयमा पाँच लाखदेखि एक अर्बसम्मको योजनालाई बजेटको माग भइरहेको उल्लेख गर्दै उनले करिब चार महिनाको अवधिमा विभिन्न नगर विकासका लागि १६ अर्बको योजना दर्ता भएको जानकारी दिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन कोष क्रियाशील रहेको बताए ।

प्राकृतिक स्रोत बाँडफाँड तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोक व्यञ्जु लगायतले स्थानीय तहको विकासमा उपभोक्ता समिति र कोषबीच समन्वयको खाँचो औँल्याए ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले चालु आवमा देशका विभिन्न ८८ नगरपालिकासँग सहकार्य गरी करिब पाँच अर्बको योजना कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस