ग्लोबल आइएमई बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर गोरखाको बिरुवाटारमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई बैङ्कको नयाँ एक्सटेन्सन काउन्टर गोरखाको बिरुवाटारमा


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैङ्कको ४९औँ एक्सटेन्सन काउन्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपक बाबु कँडेलले गरेका छन् ।

‘सबैका लागि बैङ्क’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस