प्रेमको संसार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रेमको संसार


२ फाल्गुन २०७८, सोमबार


म गुराँस हुँदा,तिमी वसन्त भयौ संसार रङ्गियो
म सागर हुँदा,तिमी उदक भयौ जीवन बर्सियो।

कुनै दिन घाम जून नलुकोस् भन्ने एउटै कामना
रात बनी साथै रहोस् प्यार बोकेको बाहुपासमा
म सपना हुँदा,तिमी सफल भयौ प्रहर रङ्गियो
म सागर हुँदा,तिमी उदक भयौ जीवन बर्सियो।

प्रीत भरेको हाम्रो कथाले जीवन पाना भरौँला
मुना-मदनको अपार मायाको संसार रचौँला
म शीत हुँदा,तिमी बिहान भयौ मुहार चम्कियो
म सागर हुँदा,तिमी उदक भयौ जीवन बर्सियो

प्रतिक्रिया दिनुहोस