भारतले फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतले फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । भारतले सुरक्षाको कारण देखाउँदै थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ ।

राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ ।

भारतको गृह मन्त्रालयले ती चिनियाँ भर्सन क्लोन्ड एप हुनसक्ने र सबैको काम उस्तै हुनसक्ने जनाएको छ ।

गोपनीयता र सुरक्षाका मुद्दामा यी एपले असर पार्न सक्ने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

सन् २०२० मा भारतले २६७ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस