काठमाडौँ र चितवनमा देखियो बर्डफ्लु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ र चितवनमा देखियो बर्डफ्लु


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ र चितवनमा बर्डफ्लु देखिएको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बालुवाखानी र चितवन राप्ती नगरपालिका वडा नम्बर ६ मा बर्डफ्लु फैलिएको पुष्टि भएको हो ।

केही समयअघि मोरङमा पनि बर्डफ्लु देखिएको थियो ।

बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको विभागले जनाएको छ ।

त्यस्तै, चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हास, २० गोटा हासको अन्डा, १ हजार केजी दाना र ३ सय ५० गोटा अन्डाको क्रेट नष्ट गरिएको छ ।

रोग थप फैलन नदिन सुरक्षाका उपायहरु अवलम्बन गर्न पनि विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस