त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ


१ फाल्गुन २०७८, आइतबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट पाँच केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अर्धठोस बनाएर शरीरमा लुकाएर ल्याएको अवस्थामा चिनियाँ नागरिक झाङ लिलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनी शनिबार दुबईबाट हिमालय एयरलाइन्समार्फत काठमाडौँ उत्रिएका थिए । भन्सार कार्यालयको जाँचलाई छलेर अगाडि बढेपछि शङ्का लागेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

४ वटा पोकामा अर्धठोस सुन ल्याइएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए ।

पक्राउ परेका लिलाई विमानस्थल भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस