इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु


२९ माघ २०७८, शनिबार


इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ ।

उनको आज नै माइ खोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् ।

उनी बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस