बाइडेन–पुटिन बीच टेलिफोन वार्ता हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाइडेन–पुटिन बीच टेलिफोन वार्ता हुँदै


२९ माघ २०७८, शनिबार


मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ ।

‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ । शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ ।’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।

पेस्कोभले जोड दिए कि अनुरोधको अघि अमेरिकी पक्षबाट लिखित अपील गरिएको थियो। यसै बीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ ।

यसैबीच, अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गरेका छन् ।

‘हामी यस बिन्दुमा स्पष्ट हुन चाहन्छौं। युक्रेनमा रहेका कुनै पनि अमेरिकीले जतिसक्दो चाँडो र कुनै पनि अवस्थामा अर्को २४ देखि ४८ घण्टा भित्र युक्रेन छोड्नुपर्छ,’ सिएनएनका अनुसार सुलिवानले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस