निजी डेरीहरूले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजी डेरीहरूले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।

आज (शुक्रबार) नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।

सरकारी स्वामित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्विकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस