रावा इनर्जीले आईपीओ जारी गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

रावा इनर्जीले आईपीओ जारी गर्ने


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

आईपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले हाल कायम जारी पुँजी रु. २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत बापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि रु. १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस