प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज (बिहीबार) बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसिसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौँला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उनका सहयोगी दिनेश थपलियाले भने ।

थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए ।

डा. कोइरालाले एमसिसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

काँग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस