रुसमा अहिलेसम्मकै बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुसमा अहिलेसम्मकै बढी कोरोना सङ्क्रमित


२७ माघ २०७८, बिहिबार


मस्को । रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ सङ्क्रमितहरू केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् ।

ती सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै २४ घण्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका सङ्क्रमित देखिएका पनि बताइएको छ ।

त्यसै गरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६९ जना सङ्क्रमितको निधन भएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर सङ्क्रमितहरू भने बढ्दो रुपमा रहेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस