आज कहाँ–कहाँ हुँदैछ वर्षा र हिमपात ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज कहाँ–कहाँ हुँदैछ वर्षा र हिमपात ?


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना बुलेटिनमा उल्लेख छ । शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस