विवेकशील साझाको विवाद सर्वोच्चमा , मिश्रविरुद्ध पाण्डेले गराए मुद्दा दर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवेकशील साझाको विवाद सर्वोच्चमा , मिश्रविरुद्ध पाण्डेले गराए मुद्दा दर्ता


२६ माघ २०७८, बुधबार


काठमाडौँ । विवेकशील साझा पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ ।

पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको आरोप लगाउँदै पाण्डेले मुद्दा दर्ता गराएका हुन् ।

मिश्रको निर्णय आयोगले अभिलेख राखेको भन्दै आयोगविरुद्ध मुद्दा दर्ता गरेको सो समूहले जनाएको छ ।

पाण्डे समूहका प्रवक्ता हरिप्रसाद भट्टका अनुसार अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन युवाहरूलाई अपिल पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस