भारतका १५ देखि १८ वर्षका पाँच करोडले लगाए पहिलो खोप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारतका १५ देखि १८ वर्षका पाँच करोडले लगाए पहिलो खोप


२६ माघ २०७८, बुधबार


नयाँ दिल्ली । भारतमा १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन् ।

ती ठुलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले अब कोरोनाभाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरुले यसलाई ठुलो उपलब्धिका रुपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्ति समेतलाई अनुरोध गरेका छन् ।

भारतमा अहिलेसम्म कुल झन्डै सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरुलाई हस्तान्तरण गरिएको जनाएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस