२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबै पालिकामा प्राविधिक शिक्षालय’

अ+ अ-

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार देशका ७५३ वटै पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा रहेको बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मा आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को आङ्गिक शिक्षालय ‘अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवन’ को शिलान्यास गर्दै उनले फरक–फरक प्रकृतिका विषय समेटिने गरी प्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा सञ्चालन गरिने बताए ।

उनले भने, ‘देशका सबै पालिकामा शिक्षालय खोलिन्छ, त्यसपछि त्यहाँ उत्पादन भएको सीपलाई श्रम, उत्पादन हुँदै रोजगारीसँग जोड्ने योजनामा सरकार छ ।’

अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमूनाका रूपमा सञ्चालन गर्नका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सहयोग गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे । उनले कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई अध्ययनका अतिरिक्त श्रम र उत्पादनसँग जोड्नका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ को कार्यविधि निर्माण भई कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जानकारी दिए ।

सांसद दुर्गाकुमारी विकले प्राविधिक र रोजगारमूलक शिक्षाबाट बेरोजगारी अन्त्य गरी समृद्धि हासिल गर्नुपर्ने बताइन् । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमा दुई वर्षदेखि तीनवर्षे बाली विज्ञान विषय (आइएससी एजी)को पढाइ हुँदै आएको छ ।

शिक्षालयको आफ्नै भवन नभएकाले हाल माछापुच्छ«े माध्यमिक विद्यालयको भवनमा कक्षा सञ्चालन भइरहेको छ । शिक्षालयमा ८० नियमिततर्फ र विशेष कार्यक्रममा ४० गरी १२० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख मोतिमाया सुवेदीले जानकारी दिए ।

विसं २०७६ देखि सिटीइभिटीको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन भएको शिक्षालयको नयाँ भवन निर्माणका लागि रविना कन्स्ट्रक्सनसँग तीन करोड ८७ लाखमा ठेक्का सम्झौता गरिएको सुवेदीले बताए ।

उनकाअनुसार शिक्षालय सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकामा ५०० रोपनी जग्गा आवश्यक रहेकाले जमीन खोजी गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव जीवनारायण काफ्ले, गाउँपालिका अध्यक्ष युवराज कुँवर, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, शिक्षासेवी पुण्यप्रसाद पौडेल लगायतले प्राविधिक शिक्षाको महत्वका बारेमा भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस