२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जमा नमुना घाँसे मैदान बनाउने तयारी

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र नमुना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदुर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो ।

एक वर्षमा रु एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ । हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठुला ढड्डी र मिचाहा प्रजाती फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ ।

उनले घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिए । उनले भने’ निकुञ्जभित्रका घाँसे मैदान पहिलेका मानवबस्ती भएकाले मिचाहा प्रजाती, ढड्डी र बुट्यान धेरै पलाउँदा नियमित व्यवस्थापन गर्नुपरेको हो ।’ निकुञ्ज स्थापना हुनुअघि मानवबस्ती भएका क्षेत्रपछि निकुञ्जको घाँसे मैदान बनेका हुन् ।

निकुञ्जभित्र आठ हजार ९९५ दशमलव २ हेक्टर यस्ता मैदान छन् । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू वर्षमा बजेट कम आएकाले थोरै मात्र घाँसे मैदान निर्माणको काम गरिँदै छ । यस वर्ष ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै छ भने ३०८ हेक्टर पुरानोलाई व्यवस्थापन गरिँदै छ ।

यस वर्ष घाँसे मैदान निर्माणका लागि रु २५ लाख र व्यवस्थापनका लागि रु ३८ लाख ३५ हजार बजेट निकासा भएको छ । तिवारीका अनुसार गत वर्ष ७०० हेक्टर घाँसे मैदान निर्माण र ४०० यस हेक्टर व्यवस्थापन गरिएको थियो । निर्माणका लागि गएको वर्ष रु तीन करोड ५० लाख र व्यवस्थापनका लागि रु ९९ लाख ५७ हजार खर्च गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ६०० हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो ।

सो आवमा रु तीन करोड १० लाख खर्च गरिएको थियो । व्यवस्थापनमा रु २८ लाख ९९ हजार खर्च भएको निकुञ्जले जनाएको छ । सोही वर्ष ५७ दशमलव ७९ हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिडका कारण बजेट कटौती हुँदा घाँसे मैदान निर्माणमा बजेट अपुग भएको उनले बताए ।

उनले भने ‘यो बजेट अत्यन्त न्यून भयो । ‘चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसे मैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए । घाँसे मैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जले खर्च गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाती खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ ।

मानव र वन्यजन्तु बिचकोद्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थित हुनुपर्ने विज्ञ बताउँछन् । निकुञ्जमा ६९४ गैँडासँगै बाघका आहारा प्रजाती चित्तल, जरायो, बँदेल जस्ता वन्यजन्तुका लागि घाँसे मैदान आवश्यक पर्दछ । कोभिडका कारण पर्यटक घटेसँगै मध्यवर्तीमा खर्च हुने रकम न्यून भएको छ । यसका कारण मध्यवर्ती सामुदायिक वनले घाँसे मैदानमा खर्च गर्नका लागि बजेट अभाव छ ।

पर्या–पर्यटनमा काम गर्ने सामुदायिक वनमा पर्यटक घुम्न न्यून आउँदा आम्दानी हुन पाएको छैन । यसले पनि दुर्लभ वन्यजन्तुको वासस्थान व्यवस्थापन राम्रो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस