२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्वाधार विकास कार्यक्रम’मा अधिकार नपाएको गुनासो

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् ।

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको छैटौँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मिनासिंह रखालले समानुपातिक प्रदेशसभा सदस्यहरुमाथि विभेद भएको बताइन् ।

‘पूर्वाधार विकास कार्यक्रम कार्यविधिले हामी समानुपातिक सदस्यमाथि विभेद गरेको छ’, उनले भनिन्, ‘कार्यविधिले अहिलेसम्म प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यमार्फत बजेट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।’

दैलेखबाट प्रत्यक्ष निर्वाचित दुई प्रदेशसभा सदस्यको क्षेत्र अहिले खाली रहेको जनाउँदै उनले त्यस क्षेत्रको पूर्वाधार विकास कार्यक्रमको बजेट आफूहरुमार्फत कार्यान्वयन हुने गरी कार्यविधि संशोधन गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘पूर्वाधार विकास कार्यक्रममा हामीलाई कुनै अधिकार छैन, जनताको मुखमा रित्तो जानुपर्नेछ, कार्यविधिले हामीलाई समेटेको छैन ।’

त्यस्तै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य त्रय राजु नेपाली, पद्मा खड्का र बद्मीक्वारी बोहोराले महिलाका लागि ३३ प्रतिशत अधिकारको व्यवस्था भए पनि कर्णाली प्रदेश सरकारले महिला समेट्न नसकेको टिप्पणी गरे।

सदस्य नेपालीले कर्णाली प्रदेशमा दलितको २४ प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्दै प्रदेश सरकारमा दलित र महिलाको सहभागिता शून्य हुनुले संविधानको खिल्ली उडाएको जनाए ।

प्रतिक्रिया दिनुहोस