काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १५.६९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २८५१ अङ्कमा कायम भएको छ ।
यस दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो ।
बैङ्किङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अङ्कले घटे । विकास बैङ्क २६, फाइनान्स ८, जलविद्युत् ६, लगानी २, जीवन बीमा १२४, उत्पादन ३४, निर्जीवन बीमा ७६, अन्य ५४ र व्यापार उपसमूह ७ अङ्कले बढे ।
कुल १०५ कम्पनीको मूल्य बढ्यो भने ७० को घट्यो । १५ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार निफ्राको सबैभन्दा धेरै मूल्य बढ्यो । सो कम्पनीको मूल्य ८.४ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ । छ्यांदी हाइड्रोको मूल्य ६ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा पनि निफ्रा सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेसनल हाइड्रो, अरुणभ्याली, टेलिकम र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबार रकमका आधारमा अगाडि रहे ।