२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा निजी सवारीसाधनमा जोरबिजोर हट्यो

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबार बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो।

नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने गए रातिदेखि हटाइएको हो।

यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने, १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ।

यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्बललगाय रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ। सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत बैठकले आग्रह गरेको छ।

पार्टी प्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ। बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस