सेयर बजारमा गिरावट , कुल १३ कम्पनीको मात्रै मूल्य बढ्यो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजारमा गिरावट , कुल १३ कम्पनीको मात्रै मूल्य बढ्यो


२३ माघ २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । कुल ५ अर्ब ८३ करोड रुपैयाँको धितोपत्र कारोबार हुँदा परिसूचक नेप्से ४०.५७ अङ्कले घटेर २८३६ मा कायम भएको छ ।

यस दिन सबै उपसमूहमा ओर्लिए । बैङ्किङ १९, विकास बैङ्क ९९, फाइनान्स ६०, होटल तथा पर्यटन १८, जलविद्युत् ३९, जीवन बीमा ५८०, उत्पादन ५९, लघुवित्त ८२, निर्जीवन बीमा १३१, अन्य ३८ र व्यापार उपसमूह ५० अङ्कले घटे ।

कुल १३ कम्पनीको मात्रै मूल्य बढ्यो भने १७५ को घट्यो । तीन कम्पनीको स्थिर रह्यो । नेपाल हाइड्रो डेभलपर्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो । एनआरएन इन्फ्रास्ट्रक्चर र शिखर इन्स्योरेन्सको मूल्य ३ प्रतिशत धेरैले बढ्यो ।

गत बिहीबारसम्म १० प्रतिशतले बढ्दै गएको विन नेपाल लघुवित्तको मूल्य आज १० प्रतिशतले नै घट्यो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ७. ६ प्रतिशतले घट्यो ।

अरुणभ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अपी पापर, नेसनल हाइड्रोपावर र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा उत्कृष्ट पाँचमा पर्न सफल भए ।

Tags :
प्रतिक्रिया दिनुहोस