चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापना « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापना


२२ माघ २०७८, शनिबार


पाल्पा । पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।

यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्क बहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

सो विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रअ अर्घालीले बताए । विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपैयाँ हर्क बहादुरले सहयोग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस