राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय भेलाका प्रतिनिधि छनौटको मापदण्ड तय


२२ माघ २०७८, शनिबार


काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्यवस्था छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाको उपस्थितिमा बसेको सचिवालयको बैठकले प्रदेश कमिटी निर्माण भएका हकमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यको व्यवस्था गरिएको मापदण्डमा जिल्ला किमिटी बनेर त्यसको विवरण सचिवालयमा आएका जिल्लाबाट अध्यक्ष, एक महिला र अन्य एक जना (तीन जना) जिल्ला पार्टी अध्यक्षको परामर्शमा प्रदेश इन्चार्जले माघ मसान्तभित्र नाम पठाउन निर्देशन दिएको छ ।

जिल्ला किमिटी नबनेको हकमा जिल्ला पार्टी अध्यक्षको परामर्शमा प्रदेश इन्चार्जले माघ मसान्तभित्र एक जनाको नाम राष्ट्रिय भेलाका प्रतिनिधिका लागि पठाउने सक्ने व्यवस्था छ ।

सञ्चार आबद्ध सङ्घसंस्थामा आबद्ध पदाधिकारी तथा सदस्यलाई समेत प्रतिनिधिका रूपमा छनोट गरिने महासचिव भूपराज खड्काले जानकारी दिए । बैठकले सङ्गठनका विभिन्न १२ विभागीय प्रमुखको सिफारिसमा सदस्य थप गरी विभागलाई पूर्णता दिएको छ ।

पार्टीका उपमहासचिव एवं सङ्गठनका इन्चार्ज खतिवडाले श्रमजीवी पत्रकारको हकहितको रक्षा गर्नुपर्नेमा जोड दिँदै नेपाली प्रेस जगतलाई सङ्गठित गरी समाजवादी आन्दोलनलाई अगाडि बडाउन सकिने बताए । सङ्गठनको काठमाडौँ जिल्ला भेला यही माघ २२ गते बानेश्वरस्थित जनता डबलीमा गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस