२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगको चेतावनी

अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

मन्त्री यादवले जनमत पार्टीका नेता सीके राउतमाथि धावा बोल्दै अर्को गौर नरसंहार मच्चाउने अभिव्यक्ति दिएकी थिइन् ।

आज (बिहीबार) मन्त्री यादवलाई हरिहरभवनस्थित कार्यालय बोलाएर माघ ५ गते समाजवादी युवा सङ्घले रौतहटको गौरमा आयोजना गरेको सभामा उनले दिएको अभिव्यक्ति एवम् त्यसबाट सिर्जित अवस्थाप्रति आयोगले त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको पनि बताइन ।

‘आयोगका अध्यक्ष तथा सदस्यले मन्त्रीजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो ।’ आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

जिम्मेवार पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खलबलिन सक्नेतर्फ ध्यान दिनुपर्ने आयोगको जोड छ ।

प्रतिक्रिया दिनुहोस