काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । १४.५८ अङ्कले घटेर नेप्से २८७६ अङ्कमा कायम भएको छ ।
यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अङ्क पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११: ३९ बजे २९२४ अङ्कमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो ।
कुल ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । बैङ्किङ ६, विकास बैङ्क ५४, फाइनान्स ३३, होटल तथा पर्यटन ३८, जीवन बीमा १७३, उत्पादन ७९, लघुवित्त ५४, अन्य ९ र व्यापार उपसमूह २२ अङ्कले घटे । जलविद्युत् ६ र निर्जीवन बीमा उपसमूह १२ अङ्कले बढे ।
कुल ४५ कम्पनीको मूल्य बढ्यो भने १३७ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.७ प्रतिशतले मूल्य बढ्यो भने साहस उर्जा र अरुणभ्याली हाइड्रोको मूल्य क्रमशस् ६ र ५.३ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, शिखर इन्स्योरेन्स, नेसनल हाइड्रोपावर र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमश: सबैभन्दा अगाडि रहे ।