झापाको जुत्ता कारखानामा आगलागी , समयमा पुग्न सकेन दमकल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झापाको जुत्ता कारखानामा आगलागी , समयमा पुग्न सकेन दमकल


२० माघ २०७८, बिहिबार


झापा । मेचीनगर–६ काँकडभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ ।

श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आज (बिहीबार) दिउँसो बाट आगलागी सुरु भएको हो ।

अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन्। उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयवासी लागि परेका छन्। सो उद्योगभित्र ठुलो मात्रामा तेलका ट्याङ्कर रहेको र अहिले तेलका ट्याङ्करहरू बाहिर निकाल्ने कार्य भइरहेको छ।

उद्योगमा लागेको आगलागीको कारण नखुलेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस