लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूका लागि युरोपेली सङ्घबाट ३७ लाख युरो प्राप्त « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूका लागि युरोपेली सङ्घबाट ३७ लाख युरो प्राप्त


२० माघ २०७८, बिहिबार


बेरुत । लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली सङ्घबाट ३७ लाख युरो (करिब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्युज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।

लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनए ले अधिकारीलाई उद्धृत गरी समाचारमा लेखेको छ ।

आफ्नो पक्षमा बुचिकियानले युनिडोमार्फत् युरोपेली पहलको प्रशंसा गर्दै भने, ‘तेलबाहेक अन्य वैकल्पिक ऊर्जा स्रोतमा भर पर्नु एकदमै आवश्यक र महत्त्वपूर्ण छ, जसले लागत बचत गर्छ र उत्सर्जन र प्रदूषण कम गर्छ ।’

मन्त्रीले यस क्षेत्रको विकास र आधुनिकीकरणको सुनिश्चितताका लागि नयाँ औद्योगिक परियोजनाहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस