४८ क्युफिट काठसहित एक जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

४८ क्युफिट काठसहित एक जना पक्राउ


२० माघ २०७८, बिहिबार


पक्राउ

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले ७४ थान अर्थात् ४८।९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस