२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूजापाठ गरी मनाइयो सोनाम ल्होसार

अ+ अ-

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ ।

राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन ।

बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले राससलाई जानकारी दिए ।

कोरोना महामारी नहुँदा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाउने गरिन्थ्यो । स्वयम्भू क्षेत्रमा पनि विगत वर्षमा जस्तो औपचारिक कार्यक्रम एवं शान्ति पदयात्रा गरिएन ।

यहाँका चैत्य, गुम्बा र गुठीमा भने पूजा आराधना गरिएको स्थानीय रत्नसागर लामाले सुनाए । स्वयम्भू क्षेत्रमा पनि भक्तजनको भने भीड नै रहेको उनले सुनाए ।

मञ्जुश्री पात्रोअनुसार हिजोदेखि २८५८ औँ वर्ष सुरु भएको छ । हिजोदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश भएको जनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्य रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ ।

यस वर्ष सोनाम ल्होसारमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पहिले यो पर्वका अवसरमा दिने गरिएको बिदा विगतको सरकारले कटौती गरेकामा विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस