युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस


१८ माघ २०७८, मंगलबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् ।

उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए ।

तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताएका छन् । यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोप मात्र भएको उनले बताएका छन् ।

युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठुलो सङ्ख्यामा सेना तैनाथ गरेको जनाएको छ ।तर ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।

अमेरिका र बेलायतमा युक्रेनमा रहेको आफ्नो दूतावासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्यावश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस