२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

अ+ अ-

दाङ । दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भिडभाडजन्य कार्यमा रोक लगाएको जानकारी दिइन् । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ ।

यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा अध्ययनरत नौ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ ।

जनस्वास्थ्य प्रवर्द्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा २१ वटा खोप केन्द्रबाट छ हजार ७६३ छात्रा र चार हजार ३८९ जना छात्र गरी कूल नौ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो ।

१२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र सो खोप आज पनि जारी रहने केसीले जानकारी दिए । कोरोना खोपसँगै विद्यालयका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि जारी रहेको छ ।

सो चक्कीले रक्त अल्पताबाट जोगाउन मद्दत गर्दछ । हरेक किशोरीले हप्तामा एक चक्की वर्षमा १३ हप्तासम्म खानुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस