पुल्चोकमा अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्रीको बाटो छेकेर देखाए कालो झण्डा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुल्चोकमा अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्रीको बाटो छेकेर देखाए कालो झण्डा


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । ललितपुरको पुल्चोकमा अनेरास्ववियुका कार्यकर्ताहरुले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको बाटो छेकेर कालो झण्डा देखाएका छन् ।

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका छन् । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।

केन्द्रीय कमिटीको योजना अनुसार मन्त्री कार्कीलाई कालो झण्डा देखाएको बताइएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार उनीहरुले कालो झण्डा देखाएर बाटो छेकेका हुन् ।

मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस