हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन


१६ माघ २०७८, आइतबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नै २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस