१०५ अङ्कले बढ्यो सेयर बजार , कारोबार रकममा पनि सुधार « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

१०५ अङ्कले बढ्यो सेयर बजार , कारोबार रकममा पनि सुधार


१६ माघ २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजार उच्च अङ्कले बढेको छ । १०५.५५ अङ्कले बजारको परिसूचक नेप्से बढेसँगै २८८५ अङ्कमा कायम भएको छ ।

कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । यसअघि गत बिहीबार जम्मा ३ अर्ब ३४ करोडको मात्रै कारोबार भएको थियो ।

आइतबार सबै उपसमूह बढेका छन् । बैङ्किङ ४६, विकास बैङ्क ३१८, फाइनान्स १५२, होटल तथा पर्यटन १४१, जलविद्युत १८२, लगानी ५, जीवन बीमा ५४८, उत्पादन १९७, लघुवित्त १७३, निर्जीवन बीमा ४३१, अन्य ८३ र व्यापार उपसमूह १४६ अङ्कले बढे ।

कुल १९० कम्पनीको मूल्य बढ्यो भने एक कम्पनीको मात्रै घट्यो । ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । अरुणभ्याली हाइड्रोपावरको मूल्य ९ प्रतिशतले बढ्यो ।

अपी पावर, नेपाल टेलिकम, एचआइडीसीएल, अरुणभ्याली र माथिल्लो तामाकोसी कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस